
काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा-९ नलिन चोकमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
विपरीत दिशाबाट आएको प्रदेश १ -२-००१ क ४०० दूध नम्बरकाे दूध बोक्ने गाडी र प्रदेश ३-०१-००३ क ७७४३ नम्बरकाे ट्रकसँग बिहान ७ बजे ठोक्किएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।
उनका अनुसार ठक्करबाट चालकसहित तीन घाइतेलाई अहिले डा. इवामुरा अस्पताल सल्लाघारी उपचार भइरहेको छ। दुध बाेक्ने गाडीकाे अगाडी भाग पुरै कुच्चिएकाे छ। घाइतेहरुकाे अवस्था अहिले सामान्य छ। घटनाबारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिए।