
सप्तरी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हालसम्म तीन सय १७ जनाको ज्यान गएको हो । बैशाख महिनामा मात्रै दुई सय ५९ जनाको ज्यान गएको निर्देशनायले जनाएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार बैशाखको अन्तिम हप्ताबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा मात्रै १०९ जनाको ज्यान गएको छ । पछिल्लो १४ दिनमा २२७ जनाको ज्यान गएको छ ।
बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना, २९ गते १४ जना, ३० गते १७ जना र ३१ गते ३० जना संक्रमितको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
बैशाख २७, २८, २९, ३० र ३१ गते मात्रै गरेर एक सय ९ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको डाक्टरहरुको भनाइ छ ।