२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सघन उपचार कक्ष (आइसियु) र कृत्रिम स्वासप्रस्वास प्रणाली (भेन्टिलेटर)सहितको उच्च उपचार कक्ष (एचडियु) सेवा शुरु गरिएको छ ।

आइसियु (ईन्टेन्सिभ केयर युनिट), भेन्टिलेटर र शिशु सघन उपचार कक्ष एनआइसियु (न्युओनेटल इन्टेनसिभ केयर युनिट) र जेनेरल गरी २५ शैय्या (बेड)को एचडियु सेवा औपचारीक रुपमा आज (आइतवार)देखि सञ्चालनमा आएको हो ।

भेन्टिलेटर (४ बेड) सहितका आइसियुका ७ बेड, एनआइसियुका ४ बेड र जेनेरल एचडियुका १४ बेड सञ्चालनमा ल्याएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु ) डा.रणजित कुमार झाले जानकारी दिए ।

‘बढ्दो कोभिड–१९ को जटिल विरामीलाई उपचारको लागि अस्पताल परिसरमै रहेको भवनमा २५ बेडको एचडियु सेवा सुरु गरेका छौं’ उनले भने ,‘सो कक्षबाट ४ बेडका भेन्टिलेटरसहितको आइसीयु, एनआइसियु र जेनेरल एचडियु सेवा सञ्चालनमा ल्यायौं ।’

एचडियुबाट जटिल प्रकृतिका विरामीहरुको उपचार गर्न सकिने उनले बताए । ‘संक्रमित भएर समान्य विरामी परेकालाई प्रारम्भिक उपचारको लागि प्रि–आइसोलेशन कक्षको पनि व्यवस्था गरेका छौं’ मेसु झाले के छ खबर लाई भने–‘साइकृष्ण अस्पतालमा सञ्चालनमा ल्याइएको ३५ बेडको आइसोलेशनबाट त्यस्ता विरामीको उपचार हुनेछ ।’

संक्रमण बढ्दो अवस्थामा रहेकोले यतिले पनि अपुग हुने भएकाले स्थानीय तहहरुसँग आइसोलेशनमा बेड थप्ने विषयमा पनि प्रक्रिया अघि बढेको उनले बताए । ‘आइसोलेशनमा बेड थप्नैपर्छ तर हामीसँग बजेट नै छैन्, त्यसैले स्थानीय तहहसँगको समन्वयमा बेड थप गर्ने कुरा छ’ उनले भने–‘त्यसमा स्थानीय तहहरु पनि सहयोग गर्ने कुरा छ ।’

सप्तरीमा पछिल्लो पटक आज (आइतवार) मात्रै १२ जनाको पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ८५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]