३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

बाँके- बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यबस्थापन समितीले नेपालगन्जमा कोरोना भाईरस संक्रमण बढेको भन्दै उपमहानगरपालिका भित्रका सम्पुर्ण शैक्षिक सस्थाहरु एक साताकालागी बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण कम गर्न गरिएको निर्णय राम्रो भएको भएपनि विद्यालयहरु बन्द गरेर मात्र समस्याको समाधान नहुने भएकोले पढाई नविग्रने गरी व्यवस्थापन गर्नुपर्ने विद्यार्थीको भनाई छ ।यता अभिभावकले भने सामाजिक दुरी कायम गरि मास्कको प्रयोग गरेर, सेनिटाईजर प्रयोग गरि पढाईलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएका छन् । कोरोना महामारीको कारण गत वर्षबाट नै पढाईमा असर परेकोले विचार गर्नु पर्ने अभिभावकहरुको तर्क छ ।

विद्यायलयहरु बन्द गर्ने निर्णय हालकोलागि राम्रो भएपनि दिर्घकालिन समस्या हुने भएकोले सम्बन्धित निकायबाट पहल हुनुपर्ने सरोकारवालाहरुको भनाई छ ।नेपालगन्ज उप महानगरपालिकामा कोरोना महामारीको उच्च जोखिम देखिएकोले आईतबारदेखि सुक्रबारसम्मकालागी विद्यालय बन्द गरिने भएको हो ।नेपालगञ्जका १० जना शिक्षक र ५ जना विद्यार्थिमा कोरोना पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]