३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

चेन्नाई – महेन्द्र सिंह धोनीको कप्तनीमा रहेको चेन्नाइ सुपर किंसले जारी इन्डियन प्रिमियर लिगमा पहिलो जीत हात पारेको छ । गएराती भएको खेलमा चेन्नाइले पंजाव किंसलाई ६ विकेटले पराजित गर्यो ।

मुम्बइस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको पंजावले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६ रनको झिनो योगफल बनाएको थियो । दिपक चाहरले धातक वलिङ गर्दै चार विकेट लिएपछि पंजावको पारी ध्वस्त भएको थियो । ओपनर केएल राहुल पाँच र मयंक अग्रवाल शून्यमा आउट भएका थिए । क्रिस गेल दश, दिपक हुड्डा दश रनमानै आउट हुदा निकोलस पुरनले खाता खोल्न सकेनन् ।साहरुख खानले ४७ रन जोडेपछि पंजावले एक सय रनको आंकडा पार गरेको थियो ।

जाय रिचर्डसनले १५ रन बनाए । चाहरले चार ओभरमा एक ओभर मेनड राख्दै मात्र १३ रन दिएर चार विकेट लिए । साम करण, मोइन अली र ड्वेन ब्राभोले १–१ विकेट लिए । जवाफमा चेन्नाइले १५ दशमलब ४ ओभरमा ४ विकेटको नोक्सानीम लक्ष्य पुरा गर्यो । मोइन अलीले ४६ र फाप डु प्लेसीले ३६ रन बनाएपछि चेन्नाइले पंजाव माथि सहज जीत हात पारेको हो ।

मोहम्मद सामीले २ विकेट लिए । चेन्नाइको दुइ खेलमा यो पहिलो जीत र पंजावको पहिलो हार हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]