३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

बुटवल – गएराति बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुरज खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ । अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवालको राती नै सनाखत भएको थियो ।
मृतकमध्ये कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक हुन् । मृतक अन्य तीनजना बसमा सवार यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । ३८ जना घाइते मध्ये २ जना सेना २ जना सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको र २४ जनाको नेपालगन्जमा नै उपचार भैरहेको डिएसपी खत्रीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]