
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्।
इमान्दार र स्वच्छ छवि भएको नेता मुलुकले गुमाएको राष्ट्रपति भण्डारीले बताइन्।जोशीको असामयिक निधनले दुःखी भएको राष्ट्रपतिको भनाइ छ। ट्वीटमार्फत उनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्।
१४ फागुनमा मस्तिष्कघात भएपछि नर्भिक अस्पतलामा उपचाररत जोशीको गएराति निधन भएको थियो। उनी कांग्रेस केन्द्रीय सदस्य थिए ।