
सप्तरी – भारतलाई तेश्रो टेस्ट सीरीज भन्दा पहिला अर्को झट्का लागेको छ । तीव्र गतिका बलर उमेश यादव अष्ट्रेलियाली सीरीजबाट बाहिरिएका छन् ।उनी सीरीजका बाँकी दुई म्याच खेल्न नसक्ने भएका छन् । ३३ वर्षीय यादव भारत फर्किएका छन् ।
अष्ट्रेलियाविरद्धको दोश्रो टेस्टको तेश्रो दिन खुट्टामा समस्या आएपछि उनले मैदान छोडेका थिए ।भारतलाई यस अगाडि नै मोहम्मद शमी र ईशान्त शर्मालाई चोट लागेर निस्किसकेका छन् ।