
कैलालीमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको छ। वैशाख १६ गतेबाट जारी गरिएको निशेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्मका लागि तोकिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जेठ ३१ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको जानकारी दिए।यस अवधिमा सर्वसाधारणलाई अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कने भनिएको छ। सामाजिक दुरी कायम गर्ने र नियमित साबुन पानीले हात धुने व्यवहारको पालना गर्न अनुरोध गरिएको छ।यस अवधिमा सभा सम्मेलन तथ भिडभाड नगर्न आदेश जारी गरिएको छ। विवाहमा बढीमा ७ जना मात्र सहभागि हुन पाइने भनिएको छ।
शैक्षिक संस्था पूर्ण रुपमा बन्द गरिएको छन्। अत्यावश्यक बाहेकका उद्योग चलाउन नपाइने भनिएको छ।यस्तै निशेधाज्ञाका बेला निर्माणका काममा स्वास्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने भनिएको छ।अत्यावश्यक सेवा, खाद्यान्न ढुवानी, दुध, औषधिलगायतका सवारीसाधन मात्र चलाउने पाइने निशेधाज्ञामा भनिएको छ।
तरकारी, फलफूल, किराना पसल आदि आइतबार, मंगलबार, बिहिबार र शनिबार विहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।