
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर मार्को भेराट्टीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
पीएसजीले भेराट्टीलाई कोरोना संक्रमण देखिएको पुस्टि गरेको छ। पछिल्लो पटक गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो।भेराट्टीलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो। यसअघि उनी जनवरीमा कोरोना संक्रमित भएका थिए। कोरोना देखिएपछि इटालियन मिडफिल्डर १० दिने सेल्फ आईसोलेसनमा बसेका छन्।
अब भेराट्टीले च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको खेल समेत गुमाउनेछन्। पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नसँग अप्रिल ७ मा खेल्दैछ।