
काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एक महिनामै १ लाख ३० हजार यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ।
बुद्ध एयरका अनुसार जनवरी महिनामा मात्रै १ लाख २९ हजार ९५ जना यात्रुलाई आन्तरिक हवाई सेवा दिइएको छ। यो यात्रु संख्या जनवरी महिनाको कुल यात्रुको ६५ प्रतिशत भन्दा बढी भएको एयरलाइन्सको दाबी छ।साथै, बुद्ध एयरले एकैदिन ६ हजार यात्रुलाई हवाई सेवा प्रदान गर्दै इतिहास पनि रचेको छ। आन्तरिक उडानमा एउटै एयरलाइन्सले एकैदिन ६ हजार यात्रुलाई अहिलेसम्म सेवा दिएको थिएन। बुद्ध एयरले फब्रुअरी ७ मा एकै दिन ६ जहार यात्रुलाई सेवा दिएको हो।बुद्ध एयरले आन्तरिक उडानमा १४ वटा जहाजमार्फत् हवाई सेवा प्रदान गर्दै आएको छ। बुद्ध एयरले काठमाडौंलाई बेस बनाएर धनगढी, नेपालगञ्ज, भैरहवा, सुर्खेत, पोखरा, भरतपुर, सिमरा, राजविराज, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुरमा उडान गर्दै आएको छ।
यसबाहेक पनि बुद्धले पोखरा–चितवन तथा पोखरा–भैरहवामा पनि उडान गर्दै आएको छ।