२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। रुपन्देही, दाङ, सुनसरी, ललितपुर, भक्तपुर र सप्तरीमा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ मिलन चोकमा आज बिहान ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय राउल थापा रहेका छन्। दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक असपतालमा मृत्यु भएको हो। गम्भीर घाइते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमै उपचार भईरहेको छ। लु ६० प ३६५२ नम्बरको मोटरसाईकल आज बिहान ४ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

दाङको राप्ती गाउँपालिका १ पाखापानीमा आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन्। रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई आज बिहान साढे ६ ठक्कर दिएको थियो। टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ।

सुनसरीको दुहबी नगरपालिका ८ जुटमिलमा हिजो बेलुकी पिकअप जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। गम्भीर घाइते भएका स्थानिय ५० बर्षीय रमेश लुहागुनको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचारको क्रममा बिहान सवा ३ बजे मृत्यु भएको हो। ना १ ज ३० ५१ नम्बरको जिपले पैदलयात्री लुहागुनलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो। ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन्।

ललितपुरको बाग्डोलमा गएराति मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो। मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ।

भक्तपुरको कमलबिनायक च्यामासिंहमा हिजो बस र मोटरसाईकल आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन्। गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ। हिजो बेलुकी ८ बजे, बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोकिएको हो। दुबै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा गएराती ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ, भने चालक सहित २ जना घाइते भएका छन्। गम्भीर घाइते भएका सप्तरीकै छिन्नमस्ता गाँउपालिका ३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गएरातीनै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

चालकसहित घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। स १ त ६१ ०८ नम्बरको रडलोड गरेको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरी चौकी पत्थरगाढा सप्तरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]