सप्तरी – सत्तासीन दल नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो । भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारकाे तयारीका बीच काँग्रेसले संसदीय दलकाे बैठकमा छलफल थालेकाे छ ।
सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चाेलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिकाे विकसित घटना क्रमबारे पनि बैठकमा छलफल भइरहेको छ । साेमबार बसेकाे सर्वदलीय बैठकले संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो । यश विषयमा पनि काँग्रेस बैठकमा छलफल भइरहेकाे काँग्रेस संसदीय दलकी सचेत पुष्पा भुसालले बताइन् ।