२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०२, २०७८

खोटाङ : ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब १०:१५ बजे हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिएर सडकबाट करिब ७५ मिटर तल खसेको थियो।

दुर्घटनामा परी ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–१०, नौलापुरका १४ वर्षीय सिटामोल भन्ने शेखर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।

दुर्घटनामा ट्याक्टरमा सवार सवारीधनी हलेसी तुवाचुङ नगरपालिका–७ का ३२ वर्षीय नगेन्द्र राई गम्भीर घाइते भएका छन्। घाइते राईलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरी निरीक्षक शाहले बताए।

मृतक मगरको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भीरबाट लडेर महिलाको मृत्यु

यस्तै, भीरबाट लडेर खोटाङमा एक महिलाको ज्यान गएको छ। जन्तेढुंगा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बेलुका करिब ५:१५ बजे केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट बिउ राख्ने धान बोकेर घर फर्कँदै गर्दा नजिकैको स्याउखोला भीरबाट लडेर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।

उनका अनुसार भीर नजिकैको गोरेटो बाटोबाट करिब ५७ मिटर तल अँगेरीको रुखमा अल्झिएको अवस्थामा मगरको शव भेटिएको हो।

अबेरसम्म घर आइनपुगेपछि उनका श्रीमान् सम्बर राईले खोजी गर्ने क्रममा राति ९ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएका थिए।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय खोटाङबजार र चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य आगडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]