२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०१, २०७८

कञ्चनपुर – शुक्लाफाॅटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शनिबारदेखि शुक्लाफाॅटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा गणना सुरु भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएको स्वचालित क्यामेराको स्विच अन गर्दै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव । तस्बिर : भवानी/कान्तिपुर
राष्ट्रिय बाघ सर्वेक्षण २०७८ नाम दिइएको उक्त गणनाको वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले स्वचालित क्यामेराको स्विच अन गरी शुभारम्भ गरे । सन् २०१० मा रसियाको सेन्टर पिटर्सबर्गमा भएको बाघ पाइने देशका प्रमुखहरूको सम्मेलनले २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता गरेको थियो ।

अहिलेको राष्ट्रिय गणनाले २०१० मा गरेको प्रतिबद्धताअनुसार लक्ष्य भेटाउन सके नसकेको समेत निर्क्यौल गर्नेछ । यद्यपि नेपालमा २०१० को तुलनामा बाघको संख्या दोब्बरभन्दा बढी पुगिसकेको विभिन्न अनुगमनमा देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंँगै लालझाडी— मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा क्षेत्रमा क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघ गणना गरिनेछ । १५ दिनसम्म राखिएको स्वचालित क्यामेरामा कैद भएका बाघका तस्बिरहरूको विश्लेषणपछि नतिजा सार्वजनिक गरिने छ । २ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइलाई एक ग्रिड मानेर प्रत्येक ग्रिडमा एक जोडी क्यामेरा जडान गरिनेछ । शुक्लाफाँटामा ९५, लालझाडी र ब्रम्हदेवमा १०७ र जोगबुडा क्षेत्रमा ५८ गरी २६० ग्रिडमा ५२० स्वचालित क्यामेराहरू जडान गरिने छन् ।

बाघ गणनाका लागि शुक्लाफाँटालाई चाँदमारी, शुक्लाफाँटा, बेलडाडी र हिरापुर गरी ४ वटा क्याम्पमा विभाजन गरिएको छ । यसैगरि लालझाडी र ब्रम्हृदेव क्षेत्रलाई पनि तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी ४ वटै क्याम्पमा विभाजन गरिएको छ । डडेलधुराको जोगबुडा क्षेत्रलाई आलीताल, नाउला र चिरिकिटे गरी ३ क्याम्पमा विभाजन गरिएको छ ।

बाघ सर्वेक्षणका लागि ७० प्राविधिक र ५ हात्ती २१ दिनसम्म परिचालित हुनेछन् । प्राविधिकहरूलाई तालिमदेखि क्यामेराबारे जानकारी यसअघि नै दिइसकिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए । उनले गणनामा खटिने प्राविधिक र क्यामेराको सुरक्षा निकै चुनौती भए पनि त्यसतर्फ निकुञ्ज प्रशासन सचेत रहेको बताए ।

शुक्लाफाँटामा यसअघि २०१८ मा गरिएको राष्ट्रिय गणनामा बाघको संख्या १६ थियो । गतवर्ष निकुञ्ज प्रशासनले गरेको गणनामा उक्त संख्या बढेर १९ पुगेको थियो । ‘हामीले बाघको संख्या बढ्ने अनुमान गरेका छौं,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अबको दुई/तीन महिनामा नतिजा सार्वजनिक भइहाल्छ ।’

राष्ट्रिय बाघ गणना मंसिर १९ देखि चितवन पर्सा कम्पलेक्सबाट सुरु भएको छ । चितवनपछि बर्दिया बाॅके कम्पलेक्स हुदै शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्पलेक्समा अन्तिम चरणमा गाणना हुन लागेको हो । फागुन अन्तिमसम्म स्वचालित क्यामेरामा कैद भएका तस्बिरहरू संकलन गरेर विश्लेषणको काम सुरु गरिनेछ । त्यसपछि दुईदेखि तीन महिनाभित्र बाघको तथ्यांक सार्वजनिक गरिने निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागाका महानिर्देशक डा. रामचन्द्र कॅडेलले बताए ।

बाघ गणनाको शुभारम्भ गर्दै वन तथा वातावरण मन्त्री यादवले सरकार बाघ संरक्षणसंँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणमा पनि सक्रिय भएर लागेको बताए । बाघ संरक्षणले वातावरणको समेत संरक्षण हुनुका साथै पर्यापर्यटनको विकासमा समेत उल्लेख्य वृद्धि हुने उनले बताए । ‘अहिलेको गणनाले २०१० मा गरेको प्रतिबद्धता पूरा भए नभएको यकिन गर्नेछ,’ उनले भने, ‘आगामी योजना निर्माणमा पनि यसले सघाउँछ ।’ उनले मानवीय क्रियाकलाप र विकास निर्माणका गतिविधिले बाघ लोप हुने अवस्था आएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

२०१० मा नेपालमा बाघको संख्या १२५ थियो । २०१८ को राष्ट्रिय गणनामा बाघको संख्या उल्लेख्य रूपमा बढेर २३५ पुगेको छ । यसले संरक्षणकर्मीदेखि सबैलाई हौस्याएको छ । सरकारले संरक्षित क्षेत्रको विस्तारमा दिएको चासो र सरोकारवाला निकायको सहकार्यबाटै बाघको संख्यामा वृद्धि भएको सरोकारवाला बताउँछन् । तर बाघको संख्या वृद्धिसंँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेकाले यसतर्फ पनि सचेत भएर लाग्नुपर्ने उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]