२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २९, २०७८

सर्लाही – सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन् ।

बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंंकरपुर निवासी अन्दाजी २५ बर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दिपककुमार महतोे समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]