२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २९, २०७८

सप्तरी – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ । तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

अहिलेसम्म प्रदेशका सबै काम कारवाही अस्थायी राजधानी बुटवलबाटै भरहेका छन् । तर प्रदेश सरकारले हालसम्म सञ्चालन भैरहेको क्षेत्र छाडेर प्रदेश स्थापना दिवस मनाउन दाङको देउखुरी रोजेको हो ।मन्त्री शर्माका अनुसार फागुन १ देखि ३ गते सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । मन्त्रालयहरु सरिनसकेको भएपनि प्रदेशको स्थायी राजधानी दाङ तोकिएकाले दाङमै स्थापना दिवस मनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दा स्थापना दिवसमा प्रतिकात्मक कार्यक्रम गरिने उनले बताए । प्रदेश सरकारले यसपटक झाँकीसहितको प्रदर्शनको कार्यक्रम भने नगर्ने भएको छ । स्थानीय तहबाट पनि स्थापना दिवसमा सहभागिता नगराइने मन्त्री शर्माले बताए । स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]