सप्तरी – अमेरिकी पत्रकार तथा एक नयाँ किताबका लेखकका अनुसार अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले पनि उत्तर कोरियाका शासक किम जोङ उनसँग नियमित सम्पर्कमा छन्।
पत्रकार मेगी हेबरमेनले आफ्नो किताबमा किम जोङ ट्रम्पको नियमित सम्पर्कमा रहने एकमात्र विदेशी नेता भएको उल्लेख गरेकी छन्। यद्यपि उनको यो दाबी थप अध्ययन हुन भने बाँकी छ।
सन् २०१८ मा ट्रम्पले केही पत्र आदानप्रदान भएपछि किमसँगको सम्बन्ध राम्रो भएको बताएका थिए। यद्यपि उनले उत्तर कोरियासँग आणविक सम्झौता गराउन भने सकेनन्।
आफ्नो नयाँ किताब ‘द कन्फिडेन्स मेन’को विषयमा कुरा गर्दै न्युयोर्क टाइम्सकी पत्रकार हेबरमेनले सीएनएनसँगको कुराकानीमा भनिन्, ‘जस्तो हामीलाई थाहा छ कि ट्रम्पको यो सम्बन्धसँग विशेष लगाव थियो।’
‘उनी (ट्रम्प) जे भन्छन् र वास्तवमा के भइरहेको छ भन्ने कुरा सधैं जरुरी हुँदैन तर उनले मानिसहरुलाई आफूले किम जोङसँग कसरी पत्र आदानप्रदान वा वार्ता गरिरहेका छन्। भन्ने सन्देश दिइरहेका छन्’, उनले थपिन्।