२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २८, २०७८

सोल – दक्षिण कोरियाको येओसु सहरमा रहेको एक पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा त्यहाँ कार्यरत कामदार रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

येओचुन एनसीसी (वाईएनसीसी)मा रहेको प्लान्टमा सो विष्फोट भएको अधिकारीहरुले बताएका छन् । सफाइ गर्ने क्रममा प्लान्टमा रसायन चुहावट हुदाँ विष्फोट भएको बताइएको छ । यता सरकारले प्लान्टलाई उत्पादन गर्न रोक लगाउन आदेश दिएको छ ।

विष्फोटपछि उत्पादन स्थगित गर्ने वा प्लान्ट बन्द गर्ने निर्णय गर्ने भन्ने विषयमा छलफल हुने त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

प्लान्टमा ज्वलनशील तरल पदार्थ हाइड्रोकार्बन मिश्रण नाफ्थालाई, रसायन, सिन्थेटिक रबर र प्लास्टिकको निर्माणमा प्रयोग हुने कच्चा पदार्थमा रूपान्तरण गर्ने गरिन्छ । प्लान्टले प्रति वर्ष ४ लाख ७ हजार इथिलीन उत्पादन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]