२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

काँकडभिट्टा – गत माघ १८ गते प्रहरीले मेचीनगर–७ गैरीगाउँ क्षेत्रबाट विस्फोट पदार्थ बरामद गरेको थियो । मेची खोलाको बगरमा गाडी राखिएको ८० थान इलेक्ट्रोनिक डेटोनेटर र ९१ थान नेपोलाइट बरामद गरेको थियो । उक्त विस्फोटक पदार्थ भित्र्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

विस्फोट पदार्थ फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ‘निर्वाचनको सम्मुख विस्फोट पदार्थ फेला पर्दा सर्वसाधारणमा त्रास उत्पन्न नहोस् भनेर अनुसन्धान सुरु गर्‍यौं’, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले पत्रकार सम्मेलनमा भने, ‘अनुसन्धानबाट थाहा भो–फेला परेको विस्फोक पदार्थको कनेक्सन कुनै पनि आतंककारी गतिविधि देखिँदैन ।’

डिएसपी पाठकका अनुसार प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी शाखा, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको विशेष प्रहरी दस्ताले एक साताभित्रै वास्तविकता पत्ता लगायो । प्रहरीका अनुसार बागलुङका विभिन्न ढुंगा खानीले ढुंगा फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्ने गरेको र म्याग्दीको मालिका गाउँपालिका–२ रुमका चिरन रोका मगर (२८) ले भारतबाट तस्करी गरी खानीमा पुर्‍याउने गरेको खुलासा भएको छ । संघीय प्रहरी इकाइ गण्डकी पोखराको सहयोगमा मगरलाई माघ २१ गते घरैबाट पक्राउ गरी झापा ल्याइएको हो ।

माघ ११ गते म्याग्दीबाट पोखरा आइ रात्री बस चढेर काँकडभिट्टा हुँदै मेघालय पुगी भारु ३ हजारमा ८० थान नेपोलाइट र ९१ थान इलेक्ट्रिक डेटोनेटर खरिद गरी नेपाल भित्र्याएको प्रहरीको दाबी छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालका अनुसार आरोपी पूर्वोत्तर भारतको मेघालयको कोइलाखानीमा मजदुरी गर्दादेखि नै विस्फोट पदार्थ नेपाल भित्र्याउने कार्यमा संलग्न हुन थालेको अनुसन्धानबाट देखिएको छ । ‘उनले २०७२ सालमा पहिलो पटक भारतबाट विस्फोटक पदार्थ भित्र्याएको पाइएको छ’, डिएसपी दाहालले भने,‘मनग्ये फाइदा हुने देखेपछि उनी लगातार यो धन्दामा संलग्न भएको पाइएको छ ।’

२०७२ मा पहिलो पटक यिनले भारु ३ हजार ५ सय खर्चिएर डेढ/डेढ सय थान डेटोनेटर र नेपोलाइट नामक विस्फोट वस्तु भित्र्याएका थिए । दोस्रो पटक २०७४ मा पनि ५०/५० थान विस्फोटक पदार्थ भित्र्याए । २०७५ चैत ११ मा ३ सय ५० थान डेटोनेटर र २ सय १ थान नेपोलाइटसहित सीमापारि पानीटंकीका सुरक्षाकर्मीले उनलाई पक्राउ गरी अदालतमा मुद्दा चलाएको थियो । उनी करिब ६ महिना जेल बसेर छुटेपछि पुन: तस्करीमा संलग्न भएको पाइएको छ ।

उनलाई अर्को घटनामा विस्फोटक सम्बन्धी कसुर ऐन अन्तर्गत मुद्दा चलाइएको र ३० हजार धरौटी बुझाएपछि छुटेको प्रहरीले जनाएको छ । बीचमा केही समयमा वैदेशिक रोजगारीका लागि मलेशिला गएको र फर्किएर आएर पुन: पुरानै धन्दालाई सम्हाल्न थालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

भारतबाट सस्तो मूल्यमा खरिद गरी ल्याइएको विस्फोटक पदार्थ ढुंगा खानीका ठेकेदारले महँगो मूल्यमा खरिद गर्ने गरेका छन् । ‘एक सेटको ८ सय देखि हजार रुपैयाँसम्म बिक्री हुने रहेछ’, अनुसन्धानमा खटिएका प्रदेश प्रहरीका एक अधिकृतले भने,‘त्यही लोभले उनलाई फन्दामा पार्‍यो ।’

म्याग्दीको रुम र बाग्लुङको तारखोला, खोलाखर्क गाउँमा स्थानीय तहले नै ढुंगा खानीको ठेक्का लगाउने गरेको पाइएको छ । ढुंगा फुटाउन श्रमसँगै श्रमिक पनि धेरै आवश्यक पर्ने हुन्छ । तसर्थ विस्फोटक पदार्थको प्रयोग गर्दा कम खर्चमा ढुंगा फुटाउन सकिने भएकाले खानीहरुले विस्फोट गराउने गरेको पाइएको छ ।

‘आरोपी कुनै भूमिगत राजनीतिक संगठन या आपराधिक समूह संलग्न रहेको पुष्टि हुन सकेन’, प्रहरी प्रहरी प्रवक्ता पाठकले थपे, ‘आर्थिक लाभका लागि ढुंगा खानीमा बिक्रीका लागि भारतबाट तस्करी गरी ल्याइएको खुल्यो ।’

आरोपीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालत झापावाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]