२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

काठमाडौं – भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । भारतकै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिनेर अडानी एसियाकै धनाढ्य व्यक्ति बनेका हुन् ।

ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल सम्पत्ति ८८.५ अर्ब डलर र अम्बानीको कूल सम्पत्ति ८७.९ अर्ब डलर छ ।

हालै अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको साउदी अरबको तेल कम्पनी अरामकोसँग करार टुटेको थियो । त्यसपछि सेयर बजारमा अम्बानीको कम्पनीको सेयरमा तीव्र गिरावट आएको थियो । अर्कोतर्फ अडानी कम्पनीको सेयरमा उछाल आएपछि गौतम अडानीलाई एसियाकै सबैभन्दा धनी व्यक्ति बन्ने सफलता मिलेको ब्लुम्बर्गले जनाएको छ ।

अडानीको सम्पत्ति डेढ वर्षको अवधिमा ५५ बिलियन डलरले र अम्बानीको सम्पत्ति १४.३ बिलियन डलरले वृद्धि भएको समाचारमा उल्लेख छ । ५९ वर्षीय गौतमको खानी, हरित ऊर्जालगायत क्षेत्रमा लगानी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]