११ जेठ २०८३, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

काठमाडौं – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाको जुम्ला जिल्ला समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ। विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित को सिङ्गो पार्टी माओवादी केन्द्रमा समाहित भएको हो।

उनीहरुलाई मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेको छन्। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण)सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुनु आवश्यक रहेको उनको भनाइ थियो।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’

अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको उनले बताए। प्रवेश गर्नेहरुका तर्फबाट रविकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए। अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]