२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

काठमाडौं – धनकुटाका राम केसी दुई वर्षअघि जोसियल नेटवर्किङ व्यवसायमा जोडिए। साथीको कुरा काट्न नसकेपछि नेटवर्किङ राम्रो होइन भन्ने जान्दाजान्दै डलर कमाइ हुने र साथीको मन पनि रहने ठानेर ८ हजार रुपैयाँमा ३ महिनाको प्याकेज खरिद गरे।

३ महिनामै साँवा पाइने र अर्को ३ महिनामा दोब्बर आम्दानी हुने साथीको आश्वासन थियो। ‘बरु म पैसा सापटी हालिदिन्छु। तपार्इं नेटवर्किङमा जोडिनैपर्छ। भनेपछि जोडिएँ,’ केसीले भने, ‘हालसम्म सावाँ नै पाउन सकेको छुइन। दोब्बर पाइने त सपना नै भयो।’

साथीको व्यवहारमा शंका लाग्न थालेपछि उनले जोसियलका बारेमा गुगल, युट्युबमा हेर्न थाले। त्यहाँबाट यो ठीक होइन भन्ने लाग्यो र निष्क्रिय बसें। ‘जोसियल नेटवर्किङ पन्च स्क्यामिङ सञ्जाल हो।
यो कहीँ पनि दर्ता छैन,’ उनी भन्छन्, ‘सदस्य बनाउँदै नयाँबाट लिने र पुरानालाई दिने नै यसको आम्दानी र कारोबार रहेछ।’ जोसियलले सामाजिक सञ्जालमा विभिन्न ब्रान्डका प्रोडक्टको विज्ञापन गर्न लगाउँछ। कम्पनीहरूसँग सम्झौता गरी पैसा लिएर विज्ञापन गराएबापत ती सदस्यलाई पैसा दिने आश्वासन दिइन्छ।

‘जोसियलमा लगानी गरेपछि दुई पटक क्याम्पेनिङ गरियो,’ उनले भने, ‘उसको सामानको विज्ञापन आफ्नो फेसबुकमा पोस्ट गरी जोसियलको पेजमा कपी लिंक गर्नुपर्ने अभियान रहेछ।’ एक वटा विज्ञापन गर्दा विज्ञापन पास भएको ३५ दिनभित्रमा ५ डलर र २ वटा विज्ञापनको १० डलर जोसियल वालेटमा आउने तर ५० डलर पुगेपछिमात्रै निकाल्न पाउने आश्वासन दिइएको
केसीले सुनाए।

त्यसपछि ८ वटा विज्ञापन आफ्नो फेसबुकबाट गरे। हप्ताको १० डलर आउने आस निराशामा बदलियो। ‘७ दिनपछि लगइन् गरेर हेर्दा त आईडी नै खुलेन, ‘उनले भने, ‘साथीलाई सम्पर्क गर्दा साइट बन्दै छ। खुल्छ भन्ने जवाफ आयो।’ केही दिनपछि जोसियल आईडी खुल्यो। तर, विज्ञापन जति सबै खाली देखियो। उनलाई धनकुटाकै श्याम केसीले जोसियलमा जोडेका थिए। श्यामले २६ जनालाई जोडेको रामले बताए। पछि जोसियलले सिस्टम नै परिवर्तन गरेर ५ डलरलाई ४ डलरमा झार्‍यो।

अब पैसा निकाल्न पनि एक सय डलर हुनुपर्ने नियम बनाइयो। यसरी नियम परिवर्तन भएपछि उनले बनाएका सबैले नेटवर्किङ छाडेका छन्। प्रत्येक ३ महिनामा सदस्यता नवीकरण र फेसबुकमा पोस्ट गरेको विज्ञापनको ३० दिनपछिको ४ डलर हिसाब गर्दा एक व्यक्तिले लगानी गरेको रकम असुल्न लगभग १२ महिना यसमा काम गर्नुपर्ने हुन्छ।

पहिलो ३ महिना ९६ डलरको विज्ञापन भए पनि ६४ डलर मात्र वालेटमा आएको हुन्छ। यो क्रम महिनौं चलिरहन्छ। राम जोसियलको प्रक्रियाबाट बाहिरिएका छन्। तर, साथीभाइको फेसबुकमा विज्ञापन देख्दा घरमै बसीबसी पैसा कमाउने लोभमा धेरै जना फसेको हुन सक्ने आशंका गर्छन्।

२६ जनालाई जोसियलमा जोडेका श्याम भन्छन्, ‘१८ जना बनाएपछि एम्बेस्डर पद पाइन्छ। त्यसबाट ३ सयदेखि ३ सय ५० डलरसम्म पाइन्छ।’ त्यो गणना बढ्दै जाने भए पनि सजिलै निकाल्न भने पाइँदैन। लगानीकर्ता भुक्तानी पाउने विधिमा सशंकित हुन थालेको उनले सुनाए।

उनका अनुसार जोसियलले जे क्वाइन निकाल्ने तयारी गरेको छ। त्यसपछि मात्रै आफ्नो खाताको पैसा निकाल्न पाइन्छ। जोसियलले नेटवर्किङ माध्यमबाट पैसा संकलन गर्ने र प्रतिफल नदिने यसमा लगानी गरेकाहरू बताउँछन्।

जोसियलले नियम परिवर्तन गरी पहिलाजस्तै आकर्षक प्याकेज दिएमा पुनः जोडिने श्याम बताउँछन्। जोसियलले सदस्यबाट पनि पैसा लिने र प्रोडक्टको सामाजिक सञ्जालमा विज्ञापन गर्न पैसा लिने गरेको छ। जोसियलले बिटक्वाइन, इथेरियमजस्ता क्रिप्टोकरेन्सीमा लगानी गर्ने गरेको छ।

नेटवर्किङ र क्रिप्टोकरेन्सीप्रति सरकारले कडाइ गर्न थलेको छ। राष्ट्र बैंक तथा बैंकर्स संघले जोसियल, हाइपर भर्सलगायत नेटवर्किङमा नजोडिन र क्रिप्टोकरेन्सीमा संलग्न नहुन आग्रह गरिरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]