काठमाडौं – प्रदेश १ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा अनुज भट्टचन नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सामान्य प्रशासन मन्त्रालयले डा भट्टचनलाई प्रदेश १ को स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको हो। भट्टचन ११ औं तहका चिकित्सक हुन्।
डा भट्टचन यसअघि भुमिकाविहीन थिए। आफ्नो सरुवा भएको जानकारी पाएको तर पत्र भने प्राप्त नभएको डा भट्टचनले बताए।