२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २४, २०७८

सप्तरी – पञ्चायकालमा राजनैतिक दलहरु प्रतिबन्धित थिए । दलहरुमाथि प्रतिबन्ध लागेका कारण दलका बैठक, भेला तथा सम्मेलन पनि भूमिगतरूपमा नै सम्पन्न हुने गर्दथे । तत्कालीन अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (माले) पनि भूमिगत थियो । त्यही भूमिगत मालेको केन्द्रीय समितिको बैठक बसेको स्थानमा चार दशकपछि भएको अन्तरक्रियामा नेतृत्वलाई पार्टीलाई बलियो बनाउन आग्रह गरिएको हो । फलेबास नगरपालिका–१ कार्किनेटा टिमुरबोटमा २०३८ साल असार २४ देखि ३० गतेसम्म भएको बैठकका सेल्टरदाता तथा व्यवस्थापनमा खटेका कार्यकर्ताहरुको एउटै आग्रह छ– ‘हामीलाई केही चाहिँदैन, पार्टीलाई बलियो बनाउनूस, सबै कम्युनिस्ट मिलेर समाजवाद निर्माणको बाटोमा लाग्नूस् ।’

टिमुराबोटका तोयनाथ पाध्या (पौडेल) को घरमा तत्कालीन मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा बैठक बसेको थियो । ‘हामीले ज्यानको बाजी थापेर बैठकको व्यवस्थापन गरेका थियौं’, सेल्टरदाता प्रेमनारायण पौडेलले भन्नुभयो– ‘अब पनि केही चाहना छैन, एमाले बलियो होस्, कम्युनिस्ट पार्टीका बीचमा एकता कायम होस् र जनताको पक्षमा काम होस् ।’

नेकपा एमालेकी स्थायी कमिटि सदस्य वृन्दा पाण्डेको उपस्थितिमा भएको सेल्टरदाताहरुसँगको अन्तरक्रियामा सहभागीले पार्टीमा क्षमताका आधारमा भूमिका दिन र कसैलाई काखा र पाखाको व्यवहार नगर्न पनि आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य सीता सुन्दास, नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणि शर्मा, फलेबास नगर कमिटि अध्यक्ष देवी तिमिल्सिना, सेल्टरदाताहरु अनन्तराम शर्मा, यति शर्मा, विष्णुप्रसाद पौडेल, एमाले कार्किनेटा वडा कमिटिका अध्यक्ष गिरिनारायण श्रेष्ठलगायतले सुझाव दिनुभएको थियो ।

कार्यकर्ताको सुझाव सुनेपछि एमाले स्थायी कमिटि सदस्य पाण्डेले एमाले नै नेपाली जनताको सच्चा पहरेदार पार्टी भएकाले विगतमा पार्टीमा योगदान गरेका सेल्टरदाताको सपनाअनुसार नै पार्टीले परिर्वतनको पक्षमा काम गर्ने विश्वास दिलाउनुभएको थियो । भूमिगतकालमा तत्कालीन नेकपा (माले) का केन्द्रीय समितिको बैठक बसेका धेरै घर भत्किसकेको पाइएको भनदै उहाँले यी ऐतिहासिक घरलाई संरक्षण गर्न सुझाव दिनुभएको थियो । भविष्यमा पार्टीको केन्द्रीय समितिको बैठक बसेको घरको ऐतिहासिक महत्व रहने भएकाले यसलाई अर्को पुस्तालाई देखाउन पनि संरक्षण गरेर राख्न आवश्यक भएको भनाइ उहाँको थियो ।

कार्किनेटामा भएको बैठकको व्यवस्थापन तत्कालीन मालेका नेता त्रिलोचन ढकालले गर्नुभएको थियो । नेकपा (माले) को ९ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरु वामदेव गौतम, झलनाथ खनाललगायतका नेताहरु उक्त बैठकमा सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]