२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २४, २०७८

काठमाडाैं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् ।

कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितकाे समय माग गरेकाे खुलेकाे थियाे । नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन । एमसिसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है !,’ भट्टराईले लेखेका छ्न् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]