सप्तरी – कोभिड महामारीका कारण धार्मिक गतिविधि पनि प्रभावित भएको छ।
यो वर्ष शालीनदीमा १२५ श्रद्धालु स्वस्थानीको व्रतमा बसेका छन्। कोभिड महामारी सुरुअघि ३०० भन्दा बढी व्रतालु एकमहिने अनुष्ठानमा सहभागी हुने गर्थे। यस वर्ष सहभागी व्रतालु र भक्तजनका लागि विभिन्न मापदण्ड राखिएको छ।
दुवै खोप लगाएका र निमोनिया नभएका ६० वर्षमुनिका श्रद्धालुलाई मात्र अनुष्ठानमा सहभागी हुन दिइएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समिति जनाएको छ।
“एक महिनासम्म चल्ने साँखुस्थित शालीनदी मेला यस वर्ष गरिएको छैन। माधवनारायण व्रत नित्य पूजा एवं धार्मिक विधि पुर्याएर मात्रै गरिने निर्णय गरिएको छ,” समितिका सदस्य विजयकुष्ण भास्करले भने।
अनि यो पनि
माघे सङ्क्रान्तिमा किन खाइन्छ घ्यू, चाकु र तरुल
२० वर्षदेखि नृसिंह बनेर नाच्दै आएका छन् यी कलाकार
‘अनिष्ट रोक्न’ कार्तिक नाच