२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २३, २०७८

काठमाडौं – हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडिसिएल० ले संस्थापक समुह तर्फको नबिकेको हकप्रद शेयर फेरी बिक्री गर्ने भएको छ । कम्पनीले बिक्री हुन नसकेको तीन अर्ब ३० करोड रुपैयाँको हकप्रद फेरी बिक्री गर्ने भएको हो ।

सोही हकप्रद शेयर बिक्रीका लागि कम्पनीले फागुन १ गतेदेखि बोलकबोल आह्वान गरेको छ । लगानीकर्ताले फागुन १५ गतेसम्म बोलकबोलका लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीको संस्थापकले शेयर खरिद नगरेकाले ठूला लगानीकर्ताले लगानी गर्ने अवसर पाउने भएका हुन् । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो ।

आवेदकले न्यूनतम १०० रुपैयाँदेखि बोलकबोल आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम कित्ताको लागि हद तोकिएको छैन । ५ लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य पेश गर्नु पर्नेछ ।

बोलपत्रका आवेदन ग्लोबल आइएमई क्यापिटल नक्सालबाट दिन सकिनेछ । तत्कालीन समयमा रित पुर्वक आवेदन दिनेहरूलाई शेयर बाँडफाँड गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]