२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २२, २०७८

हुम्ला – हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार हिमपात हुनु र शनिबार मौसममा सुधार आएको भएपनि विमानस्थलमा दुई फिटभन्दा बढी हिउँ जमेको कारण हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले दुई तीन दिन लगातार हवाई सेवा अवरुद्ध भएको बताए । उनले २८ घण्टासम्म हिमपात भएको र शनिबार मौसममा सुधार आएर घाम लागेको भएपनि विमानस्थलमा दुई फिट हिउँ जमेको कारण विमानस्थल सेताम्मे भएकोले पूर्णरुपमा हवाई सेवा अवरुद्ध भएको बताए ।

उनले कार्यालयसँग भएको स्नोलक भईकलले एक फिट हिउँ मात्र फाल्न सक्ने तर विमानस्थलमा दुई फिट हिउँ जमेको कारण हिउँ पन्छाउन समस्या भइरहेको बताए । यद्यपि, हिउँ फाल्ने प्रयास भने गरिने भएको छ । बिहीबार, शुक्रबार र शनिबार नेपालगञ्ज र सुर्खेतबाट बिहानैबाट उडान भर्ने तयारी गरेको भएपनि हुम्लामा हिमपातको कारण उडान अवरुद्ध भएको हो । हवाई सेवा अवरुद्ध भएपनि जिल्ला बाहिरबाट आउने र जाने डेढ सय यात्रु समस्यामा पर्नुका साथै खाद्यन्न र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन ।

त्यसैगरी, हवाई सेवा अवरुद्ध भएपछि सिमकोट विमानस्थलबाट नेपालगञ्ज निकासी हुने जडिबुटी पनि रोकिएको छ । अब विमानस्थलमा जमेको हिउँ स्नोलक भेइकलले पन्छाएपछि मात्र हवाई सेवा सुचारु हुनेछ । सिमकोट विमानस्थलमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सका विमानहरुले दैनिक पन्द्रभन्द बढी उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध भएसँगै हुम्लामा दैनिक उपाभोग्य सामाग्री, खाद्यन्न र तरकारीको समस्या हुन थालेको छ । यसवर्षको यो हिमपातको कारण तेस्रो पटक हवाई सेवा अवरुद्ध भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]