२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २१, २०७८

सप्तरी – वैदेशिक रोजगारीका क्रममा मत्यु, अंगभंग र उद्धारका लागि सरकारले गर्दै आएको आर्थिक सहायताको दायित्व ६४ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार बोर्डले गर्दै आएको कल्याणकारी दायित्व अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आवमा ३४ करोड वृद्धि भएर ८७ करोड ४२ लाख ४७ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्ष मृतक श्रमिक सहयोग, श्रमिक तथा उनीहरुका परिवार उपचार खर्च, उद्धार र शव व्यवस्थापन लगायतका शीर्षकमा दिँदै आएको रकम वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसमध्ये पनि श्रमस्वीकृतिको अवधिमा मृत्यु भएका श्रमिकको लागि दिइने आर्थिक सहायता लगभग दोब्बरले बढेको छ । अघिल्लो आर्थिक वर्ष वैदेशिक रोजगारीका मृत्यु भएका ६५६ श्रमिकका हकवालालाई ४१ करोड ७४ लाख रुपैयाँ आर्थिक सहायता गरेकोमा गत वर्ष सो रकम बढेर ७३ करोड ७७ लाख रुपैयाँ पुगेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा कोभिड–१९ संक्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही मुलुकमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने २३४ परिवारका सदस्यमध्ये गत आवभित्र ९२ परिवारलाई प्रतिपरिवार थप ५० हजार सान्त्वना राहतबापत ४६ लाख प्रदान गरिएको छ । सम्बन्धित मुलुकमा अन्त्येष्टी गरिएका २३४ जना नेपाली श्रमिकमध्ये १ सय ३१ जना कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । अघिल्लो आवमा विदेशमा मृत्यु भएर अलपत्र परेका २ सय नेपाली श्रमिकको शव व्यवस्थापन गरिएको थियो । गत आवमा २२ महिला र ७ सय ४८ पुरुष गरी ७ सय ७० मृतक श्रमिकको शव व्यवस्थापन गरिएको थियो ।

गत वर्ष वैदेशिक रोजगारीको क्रममा गम्भिर प्रकृतिको बिरामी भएका वा अन्य विविध कारणले अलपत्र परेका ४ सय १३ जना श्रमिकलाई स्वदेश फिर्ता ल्याइएको छ भने १ सय ८७ जना अलपत्र नेपाली श्रमिकको शव बोर्डको खर्चमा नेपाल झिकाई सम्बन्धित परिवारमा बुझाइएको छ । यस कार्यका लागि कोषबाट २ करोड ६६ लाख ७२ हजार खर्च भएको थियो । त्यसैगरी वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएका ६९ जिल्लाका २ हजार २ सय ९ जना बालबालिकालाई छात्रवृत्ति सहयोग प्रदान गरिएको छ । अघिल्लो आवमा यो संख्या १ हजार ७ सय ३ रहेको थियो ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता रकम स्थानीय तहमार्फत निवेदन लिने र नियमानुसार पाउने रकम पीडित श्रमिक एवं परिवारका नजिकका हकदारको खातामा सिधै पठाउन सकिने गरी सफ्टवेयर निर्माण गरिएका कारण सहयोग रकम लिने बढेको बोर्डको भनाइ छ ।

गत वर्ष कोभिड–१९ का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका मध्ये मलेसियाबाट ८६, यूएईबाट ५३, बहराइनबाट १८ जना एवं अन्य देशबाट ३० जना गरी १८७ जना अलपत्र श्रमिकको उद्धारका लागि सम्बन्धित नियोगको मागबमोजिम १ करोड ३५ लाख रकम पेश्की पठाई उद्धार गरिएको बोर्डले जनाएको छ ।

म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य छन् । कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्ने जनाइएको छ । वर्गीकरण गर्दा म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ । देशभर करिब साढे ८ सय म्यानपावर कम्पनी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]