जनकपुरधाम – बाराको कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ ।
सेवाग्राहीबाट साढे ३ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौडाको टोलीले पक्राउ गरेको हो । स्रोतका अनुसार वडासचिव साहले जग्गा नामसरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।
पक्राउ परेकै ठाउँमा जनप्रतिनिधिको रोहबरमा मुचुल्का तयार पारेर अख्तियारको टोलीले उनलाई हेटौंडा लगेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका अधिकारीले बताएका छन् ।