२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखाले कोभिड-१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कान्तिपुर अस्पतालको सामग्री र केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मंगलबार तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट सामग्री र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अस्पतालले वैदेशिक रोजगार जानेहरूको नक्कली रिपोर्ट उपलब्ध बनाएर दिएको उजुरी परेको थियो । प्रहरीले प्रयोगशालाको मेसिन र केही मानिसलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ ।

म्यानपावर एजेन्सीले कान्तिपुर अस्पतालमै वैदेशिक रोजगारमा जानेलाई परीक्षण गर्न पठाउने गरेको थियो । कतिपय एजेन्सीको एजेन्टहरू स्वयम अस्पतालमा उपस्थित भइ रिपोर्ट बनाएर दिने प्रहरीमा उजुरी पर्ने गरेको छ ।

महाशाखाका प्रवक्ता कृष्‍ण प्रसाद कोइरालाकाअनुसार अस्पतालबाट केही सामग्री र मानिसलाई नियन्त्रणमा लिएका छौ । उनले भने,’ अहिले उहाहरूको काम गरिरहेका छौ । सार्वजनिक गर्न मिल्दैन । केही समयपछि यस विषयमा सार्वजनिक गर्छौ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]