सप्तरी – चार जना शहीदको सालिक बेपत्ता गरिएको छ । शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालालको सालिक बेपत्ता गरिएको हो ।
प्रजातन्त्र ल्याउन प्राणको आहुती दिने वीर शहीदप्रति श्रद्धासुमन व्यक्त गर्न हरेक वर्षझैँ यो वर्ष पनि माघ १६ गते मुलुकभर यिनै चार जना शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै शहीद दिवस मनाउने गरिन्छ ।
करिब डेढ दशकअघि मुखलाल स्मृति प्रतिष्ठानले कलैयाको भरत चोकस्थित चार जना शहीदको एउटै स्तम्भमा घण्टाघर परिसरभित्र सालिक स्थापना गरेको थियो ।
मधेस आन्दोलनको क्रममा सालिक फुटाइयो । सालिक वर्षौं दिनसम्म परिसरको कुनामा यत्तिकै देखिन्थ्यो ।
अहिले फुटाइएको सालिक कहाँ छ, कुन अवस्थामा छ, स्थानीयलाई समेत थाहा नभएको बताइन्छ । गोरखापत्र दैनिकमा खबर छ ।