सप्तरी – मोरङका कुखुरा फर्महरुमा बर्डफ्लुु रोग देखापरेपछि प्रशासनले पाँच हजार हाँस र कुखुरा नष्ट गरेको छ । १३ माघमा अचानक मोरङ ग्रामथान गाउँपलिकाको काव्य कृषि फार्ममा बर्डफ्लु देखा परेपछि हालसम्म विभिन्न तीन वटा पालिकाको फर्महरुमा पाँच हजार बढी कुखुरा हाँस लगायतका पंक्षीहरु नष्ट गरेको भेटिनरी अस्पताल मोरङका चिकित्सक शुसिल अधिकारीले बताए ।
चिकित्सक अधिकारीका अनुसार हालसम्म मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकामा रहेका कुखुरा फार्महरुमा बर्डफ्लु देखापरेको र सूचना प्राप्त भएका सबै स्थानमा स्क्रिनिङ गरेर कुखुरा नष्ट गर्ने काम सम्पन्न भइसकको छ । चिकित्सक अधिकारीले भने, ‘सूचना प्राप्त भएजति स्थानमा हामीले स्क्रिनिङ गरिसक्यौँ बाँकी सूचना आयो भने थप गर्नेछौं अवस्था खतरामुक्त छ ।’
प्रदेश १ भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालका अनुसार मोरङमा बर्डफ्लु देखा परेपनि अन्य जिल्ला भने खतरामुक्त छन् । कोरोना संक्रमण र बर्डफ्लु अलगअलग भाइसरबाट संक्रमण हुने रोग भएकोले हल्लामा विश्वास नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।