२९ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १७, २०७८

काठमाडौं – दुई दिनअघि ह्यारियट रोबिन्सनको इन्स्टाग्राममा केहि तस्विरहरु पोस्ट गरिएका थिए। त्यहाँ उनी आफू घाइते भएँ भनेर देखाउँदै थिइन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको देखिन्थ्यो। उनका हात खुट्टामा चोट र निलडाम थियो।

त्यति मात्र होइन उनको ओठ सुन्निएको र मुखबाट रगत बगिरहेको तस्बिरले सामाजिक सञ्जाल एकाएक गरम भयो। उनलाई चिनिहाले, तिनी म्यानचेस्टर युनाइटेडको विश्वचर्चित युवाखेलाडी मेसन ग्रिनवुडकी ग्रलफ्रेन्ड थिइन्।

त्यसपछि सबैतिर हल्लाखल्ला मच्चियो। त्यो पोस्टमा उनले आफू घरेलु हिंसामा परेको बताएकी थिइन्। साथै उनले आफूलाई बोइफ्रेन्ड ग्रिनवुडले नै कुटपिट गरेको पनि जनाएकी थिइन्।

त्यसपछि प्रहरीले सो कुराबारे छानविन थालेको थियो। अहिले म्यानचेस्टर युनाइटेडको प्रहरीले उनलाई गिरफ्तार गरेको छ। उनलाई घरेलु हिंसा र बलात्कारको केसमा पक्राउ गरिएको हो।

उनलाई पक्राउ गरेपछि ग्रेटर म्यानचेस्टरको प्रहरीले सूचनामा भनेका छ, ‘एक महिलाको सामाजिक सञ्जामा राखिएको भिडियो र तस्विरका आधारमा त्यो शारीरिक यातना भएको अर्थ लाग्छ। सोहि केसमा बलात्कार पनि हो कि होइन भन्ने कुरा जोडियएको छ। त्यसबारे थप अध्ययन गर्नका लागि २० वर्षका पुरुषलाई पक्राउ गरिएको छ।’ प्रहरीले ग्रिनवुड हिरासतमा रहने छानविन साथै सोधपुछ गरिने पनि बताइएको छ।

यता उनको क्लब म्यानचेस्टर युनाइटेडले उनी अब अर्को सूचना नआएसम्मका लागि अभ्यासमा उपस्थित नहुने पनि जानकारी दिएको छ। ‘हामी कुनै पनि हिंशालाई प्रोत्साहन दिँदैनौँ,’ सूचनामा लेखिएको छ,‘सत्यतथ्य छानविन नभइकन बाँकी कुरा भन्न सकिँदैन।’

ह्यारिसनको त्यो आरोपबारे अहिलेसम्म ग्रिनवुडले केहि बताएका छैनन्। ग्रिनवुडले तीन वर्षअघि मात्र म्याचेस्टर युनाइटेडबाट डेब्यू गरेका थिए। उनले क्लबसँग चार वर्षको सम्झौता गरेका छन्। उनी युनाइटेड एकेडेमीका खेलाडी हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]