२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १७, २०७८

सप्तरी – हामीले युवा नेतृ, नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमै गएर सोध्यौँ– तपाई लोकप्रिय युवा नेतृ हुनुहुन्छ, तर मन्त्री भएपछि लोकप्रियता घटेको महसुस भएको छ कि छैन ?

झाँक्रीको जवाफ छ– म परीक्षामा छु । मेरो लोकप्रियता थियो, थिएन, भोलि रहन्छ रहन्न मैले भन्ने कुरा होइन । तर, प्रत्येक पल म परीक्षामा छु । यस मानेमा परीक्षामा हु कि म रामकुमारी झाँक्री व्यक्तिको हिसाबले । महिलाको हिसाबले । मेरो पुस्ताको मान्छेको हिसाबले । यो समाजको छोरीको हिसाबले । समाजवादी पार्टीको नेताको हिसाबले । र, यो पार्टीको भविष्यसँग जोडेर मैले यतिवटा क्रस कटिङ ईस्युमा परीक्षा दिइरहेकी छु । र, यो परीक्षामा मलाई असफल हुने सुविधा छैन ।’

उनी अगाडि भन्छिन्, ‘म फेल भएँ भने रामकुमारी भन्नेले ठुला कुरा गर्थी असफल भई भन्नेछन् । त्यसैले मभन्दा पछाडिका मेरा नातिनी पुस्ताका छोरीहरूको पनि मैले परीक्षा दिइरहेको हो । त्यसकारण मैले पास हुनुपर्छ । युवा भनेको खै तिमीहरूले के गर्‍यौ त भन्ने हुन्छ, त्यसैले मेरो युवा पुस्ताको परीक्षा हो यो । मेरो पार्टी र आन्दोलनको निष्‍ठासँग पनि जोडिने पार्टीको भविष्यसँग पनि परीक्षा भएको भएर असफलताको सुविधा मलाई छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]