२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार राजधानीका विभिन्न स्थानबाट बरामद गरेका महँगा ब्रान्डका रक्सी सक्कली हुन् की नक्कली भन्ने यकिन नभइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

सक्कली भए राजस्व छलीको घटनामा विभागले अनुसन्धान गरी आवश्यक प्रकृया अगाडि बढाउने व्यवस्था छ । नक्कली भए प्रहरीले नै मुद्दा चलाउँछ ।

महाशाखा प्रमुख वसन्त कुँवरले बरामद मदिरा सक्कली कि नक्कली छुट्याउन परीक्षणको तयारी भइरहेको बताए । ‘नक्कली भए प्रहरीले कारबाही अगाडि बढाउँछ’, एसएसपी कुँवरले भने । प्रहरीले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलुट भोड्का, चिभास रिगलजस्ता महँगा ब्रान्डका रक्सीका २ सय ९६ कार्टुनसहित चारजनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये पर्सा स्थायी घर भइ बूढानीलकण्ठ बस्दै आएका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेलले भारतबाट महँगा ब्रान्डका रक्सी तस्करी गरेर नेपाल ल्याउने गरेको प्रहरीको दाबी छ । बख्रेलले कागेश्वरी मनहरा-६ मा लिक्वेर पसल सन्चालन गर्ने गरेका ३० वर्षीय शैलेस पन्तसँग मिलेर काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

पर्सा स्थायी घर भइ हाडीगाउँ बस्ने गरेका २८ वर्षीय रविन पाख्रिनको कोठामा भण्डारण गर्ने सर्लाही स्थायी घर भई चाबहिल बस्ने गरेका ३८ वर्षीय नारायणप्रसाद घिमिरेले बजारमा पठाउने गरेको महाशाखाको दाबी छ ।

तस्करीको योजनाकार मानिएका बख्रेल बिइङ ह्युमनका सन्चालक पनि हुन् । केही समय अघि दरबारमार्गस्थित बिइङ ह्युमनको कार्यालयबाट प्रहरीले स्रोत नखुलेको उल्लेख गर्दै ७० लाख रुपैयाँ बरामद गरेको थियो । बख्रेल लागु औषधको अवैध ओसारप्रसारमा समेत संलग्न भएको आरोप प्रहरीको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]