सप्तरी – काठमाडौंबाट लगिएको एक किलो अवैध सुनसहित पोखराबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुट आकारको सुन जस्तो देखिने धातुसहित पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।