सप्तरी – आज नेपाल र भारतमा शहीद दिवश मनाईंदै छ । दुवै देशमा कसरी एकै दिन शहीद दिवश पर्यो ? यो धेरैले राखेको जिज्ञाशा हो ।
नेपालमा विक्रम सम्वतअनुसार माघ महिनाको १६ गते शहीद दिवश मनाउने प्रचलन छ दशकदेखि शुरु भएको हो । पछिल्लो केही समयदेखि माघ १० गतेदेखि १६ गतेसम्म एक साता शहीद दिवश सप्ताह मनाउन थालिएको छ ।
उता भारतमा पनि आजै शहीद दिवश मनाईंदै छ । भारतमा भने माघ १६ गते शहीद दिवश होइन । त्यहाँ जनवरी महिनाको ३० तारिखका दिन शहीद दिवश मनाइन्छ । आज अंग्रेजी पात्रोअनुसार जनवरी ३० हो ।
राष्ट्रपिता महात्मा गान्धीको निधन भएको दिनलाई भारतले शहीद दिवशको रुपमा मनाउन थालेको हो । बेलायतको उपनिवेशबाट स्वतन्त्र भारत बनाउन जीवन समर्पण गरेका र विभिन्न समयमा मुलुकको निम्ति जीवनको आहुति दिएका सपुतहरुको सम्झनामा आजैका दिन भारतमा शहीद दिवश मनाइएको हो ।