०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

सप्तरी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेदेवी सामुदायिक वनक्षेत्रभित्र शनिवार अपराह्ण मृत अवस्थामा फेला परेको एउटा वयस्क पाटेबाघ कसले र किन मार्‍यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

महेन्द्र राजमार्गदेखि झन्डै पाँच किलोमिटरभित्र घना जङ्गलमा भेटिएको सो बाघको शरीरमा दुईवटा गोली लागेको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका वन अधिकृत शङ्करप्रसाद गुप्ताले बताएका छन्।

बाघ लोपोन्मुख वन्यजीव हो।

नेपालमा मानवबस्ती र जङ्गल निकै नजिक भएकाले बाघहरू सहजै मध्यवर्ती क्षेत्र वा बस्तीमा पस्न सक्छन्।

नालीमा खसेर गैँडा मर्नु दुर्घटना कि लापरबाही, जिम्मेवारी कसको
लजालु स्वभावको बाघले किन मानिसलाई आक्रमण गर्छ?
उनीहरू मानवबस्तीमा मात्र नभई कोरिडोरमार्फत् अन्य जङ्गलमा समेत पुग्ने गर्छन्।

बाघको सङ्ख्या बढ्दै जाँदा वासस्थानको कमी हुने र यस्ता गतिविधि देखिने गरेको विज्ञहरूको भनाइ छ।

कहाँबाट आयो बाघ?
“सो बाघ नजिकैको चितवन राष्ट्रिय निकुञ्जबाट आहार खोज्दै यता आएको हुन सक्छ,” गुप्ता भन्छन्।

“तर त्यो बाघ मार्नकै लागि वन्यजन्तुका तस्करहरू पछि लागेका हुन् कि अरूले मारेका हुन् भन्नेबारे अनुसन्धान नगरी केही भन्न सकिने अवस्था छैन।”

वनका अधिकारीहरूका अनुसार यसअघि सो क्षेत्रमा खासै बाघ देखिने गरेको थिएन।

तर केही दिनअघि दाउन्ने पूर्वमा बाघको आक्रमणबाट एक स्थानीय महिलाको मृत्यु भएपछि सो क्षेत्रमा बाघ डुल्ने गरेको प्रमाण फेला परेको थियो ।

लजालु स्वभावको बाघले किन मानिसलाई आक्रमण गर्छ?
कसरी सिकारीको पासोमा पर्दैछन् कस्तूरी मृग
सो बाघ पत्ता लगाउन वन कार्यालयले ठाउँठाउँमा क्यामरा पनि जडान गरेको छ।

“एक साताअघि दाउन्नेको जङ्गल क्षेत्रमा बाघका पाइलाहरू भेटिएको भनेर स्थानीयहरूले बताएका थिए,” परासीका सहायक वन अधिकृत गिरिराज पन्थ भन्छन्।

“तर ती पाइलाहरू शनिवार मृत भेटिएको बाघका हुन् या क्यामरामार्फत् खोजी गरिएको बाघका हुन् या अर्को बाघको हो यकिन हुन सकेको छैन ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सदर चिडियाखाना: जनावरलाई खानेकुरा पुर्‍याउन कठिन भएपछि…

किन मारियो होला?
अधिकारीहरूले सो बाघलाई अरू सिकारीहरूले झुक्किएर मारेको पनि हुनसक्ने अनुमान गरेका छन्।

“सो जङ्गल क्षेत्रमा बँदेल, मृग, नीलगाई आदि जनावरहरू प्रशस्तै पाइने हुँदा ती जनावर मार्नका लागि सिकारीहरूले पासो थापेका हुनसक्छन्,” सहायक वन अधिकृत पन्थ भन्छन्।

“उनीहरूले थापेको पासोमा बाघ परेको सिकारीहरूलाई थाहा नपाई अरू जनावर भनेर टाढैबाट गोली चलाएका हुनसक्छन् ।”

के जनावरले कोभिड फैलाउन सक्छन्?
कता गए होलान् चितवनका पाटेबाघ
बाघ संरक्षणमा नेपालले सफलता हात पार्नुका कारणहरू
“बाघ मार्ने उद्देश्य भएको भए सिकारीहरूले बाघका अङ्गहरू काटेर लैजान्थे होला नि।”

एक सय ५० किलो तौल साढे सात फिट लम्बाइ र साढे तीन फिट उचाइको सो पोथी बाघको शनिवार साँझ पोस्टमार्टम गरी छाला निकालेर बर्दघाटको वन कार्यालयमा गाडिएको छ।

बाघको छाला भने अहिले डिभिजन वन कार्यालय परासीमा राखिएको छ सो छाला सुकेपछि सङ्कलन केन्द्र चितवनको कसरामा पठाइने बताइन्छ ।

नेपालमा कति बाघ छन्?
यस वर्ष पनि नेपालमा बाघको गणना भइरहेको छ।

अहिले चितवन, पर्सा, बाँके र बर्दियामा भइरहेको गणना मकवानपुरको माथिल्लो भेग, नवलपुर र त्रिवेणी हुँदै बारा, पर्सा र रौतहटसम्म विस्तार हुन्छ।

गणनाको विवरण आगामी जुलाईमा सार्वजनिक हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता वेदप्रसाद ढकालले यसअघि बीबीसीलाई जानकारी दिएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ,
के तपाईँ गैँडासँग सेल्फी लिनुहुन्छ?

सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा २३५ वयस्क बाघ छन्। चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१ र पर्सामा १८ बाघ छन्।

सन् २००९ मा १२१ रहेको वयस्क बाघको सङ्ख्या २०१३ मा बढेर १९८ पुगेको हो। नेपालमा पाटेबाघको सङ्ख्या बढ्ने क्रममा रहेको जानकारहरू बताउँछन्।

हिंसक मांसाहारी वन्यजन्तुको दाँतको उपचार गर्ने काम कस्तो हुन्छ?
चार वर्षमै पश्चिम नेपालमा बाघको सङ्ख्या दोबर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]