सप्तरी – भारतमा पछिल्लाे २४ घन्टामा २ लाख ३४ हजार २८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यसैगरी ८९३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यही अवधिमा तीन लाख ५२ हजार ७८४ संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १८ लाख ८४ हजार ९३७ रहेकाे छ ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ८५ लाख ८ हजार २४१ पुगेको छ भने हालसम्म चार लाख ९३ हजार १९८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म काेराेनाविरुद्ध ५१.०९ प्रतिशतले पूर्ण खाेप लगाइसकेका छन् ।