२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले चुनावबाट आफूहरू नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारूढ गठबन्धन कायम रहने दाबीसमेत गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारूढ गठबन्धन फुटाउन चर्को रूपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरू सत्तारूढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि दाबी गरे ।

“चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौँ । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । असारमा गर्ने हो भने सामना गर्न तयार छौँ । असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ, उनले भने ।

उनले कांग्रेस नेताहरूले गठबन्धन चुनावसम्म कायम राख्नुपर्ने प्रतिवद्धता जनाएको दाबी समेत गरे । “कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिवद्धता व्यक्त गर्नु भएको छ,” उनले भने ।

उनले अगाडि भने,”गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरू पनि छन् । गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरू पनि होलान् । त्यस मामलामा सबैभन्दा चर्को रुपमा केपी ओली आफैँ लागेका छन् । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरू फालेर उनले दाउपेचहरू दिइरहेका छन् । यो कुनै दाउपेचले चल्नेवाला छैन,” उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]