११ जेठ २०८३, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा इक्वेडरसँग ब्राजिल बराबरीमा रोकिएको छ । स्टेडियो रोड्रिगो पाज डेलगाडोमा भएको खेलमा इक्वेडरविरुद्ध ब्राजिल १-१ को बराबरी रोकिएको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल अंक बाँड्न बाध्य भएको हो । खेलको छैटौं मिनेटमै क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सीमित भयो ।

२० औं मिनेटमा डिफेन्डर इमरसन रोयलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि ब्राजिल पनि १० खेलाडीमा समेटियो । ७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १-१ को बराबरीमा सकियो ।

बराबरीसँगै ब्राजिल १४ खेलमा ३६ अंकका साथ शीर्ष तथा इक्वेडर १५ खेलमा २४ अंक जोडेर तेस्रो स्थानमा यथावत छन् । छनोटअन्तर्गत आज बिहान‌‌ नै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेमाथि १-० को कठिन जित हात पार्‍यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]