२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

सप्तरी – सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

अस्पतालको गाडीमा सवार रहेका साहमाथि बुधबार जनमत पार्टीका भाटा बोकेका कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमणबाट घाइते डाक्टर साहको टाउकोमा ८ वटा टाँका लगाइएको छ।

गाडी रोकेर जनमत पार्टीका कार्यकर्ताले झ्यालका सीसा फुटाई डाक्टर साहको टाउको र अनुहारमा प्रहार गरेको घटनाप्रति चिकित्सक संघले विरोध गरेको हो।

‘चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ-चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ,’ संघका अध्यक्ष डा रविन खड्का र महासचिव डा कितिपाल सुवेदीले आज निकालेको विज्ञप्तिमा भनिएको छ।

यस्ता घटनाले चिकित्सकको मनोबल घट्ने उनीहरूले बताएका छन्।

‘चिकित्सकलगायत स्वास्थ्यकर्मीको सबैभन्दा बढी महत्त्व रहेको यस महामारीको घडीमा चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोवल घटाउने खालको गतिविधिले हामीलाई स्तब्ध तुल्याएको छ र यसको भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले यस घटनाबारे सरकारसँग दुई वटा माग पनि राखेका छन्।

चिकित्सकमाथि आक्रमण गर्नेलाई मानव अधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधलगायत मुद्दा चलाउनुपर्ने तथा नियमानुसार गैर जमानती हिरासतमा राख्ने र कडा सजाय दिलाउनुपर्ने माग उनीहरूको छ।

माग पूरा नभएमा थप विरोधका कार्यक्रम ल्याउने चेतावनी संघले दिएको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय किसान आन्दोलन नाम दिएर मधेश प्रदेशका विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ। राष्ट्रिय सभा निर्वाचन भएको दिन बुधबार जनकपुरका विभिन्न क्षेत्रमा जनमत पार्टीका कार्यकर्ताले भाटासहित प्रदर्शन गरेका थिए भने सरकारी गाडी तोडफोड गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]