२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

सप्तरी – कोभिड–१९ का कारण रगत अभाव सिर्जना भएको छ। रक्तदान महादान भनिन्छ। दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ। सोहीअनुरूप दाताले निःशुल्क रगत दान गर्छन्। तर, अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुने गर्छ।

अस्पतालैपिच्छे फरक–फरक मूल्य तोकिएको देखिन्छ। रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ले विभिन्न बहानामा उच्च शुल्क लिने गरेको पाइएको छ भने निजी अस्पतालहरूले २५ सयसम्म लिने गरेका छन्।

संसारभरि रगत बेच्न पाइँँदैन तर नेपालमा विभिन्न परीक्षणका नाममा घुमाउरो तरिकाले ब्लड बैंक र अस्पतालहरूले रकम उठाउने गर्छन्। जस्तैः रगतको समूह पहिचान, एचआईभी परीक्षण, हेपाटाइटिस, भीडीआरएल जस्ता परीक्षण गर्ने बहानामा मनपरि शूल्क लिने गरेका छन्। रक्तदाता र अभियान्ताहरू भने कुनै पनि बहानामा रगतमा पैसा लिन नहुने विषयमा आन्दोलन गर्दै आएका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य वर्षौंदेखि रगत निःशुल्क हुनपर्ने विषयमा कुरा उठाउँदै आएका छन्। उनी भन्छन्, ‘व्यवस्थापनको लाचारीपनको परकाष्ट हो, सम्बन्धित निकाय यो काममा चुकेको छ। आधिकारिक व्यक्तिबाट काम भइरहेको छैन। निजी वा सरकारी जुनसुकै अस्पतालले चर्को शुल्क लिने गरेका छन्।’ ३३ जिल्ला शाखा नगर कमिटी बनाउँदै आएका कर्माचार्यले सरकारलाई रगत निःशुल्क गर्न आग्रह गर्दै आएको बताए। अन्नपूर्ण पोस्टमा तारा चापागाईंले खबर लेखेकी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]