०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

पर्सा – विवाह गर्ने प्रलोभन देखाएर एक बालिकालाई भारततर्फ लैजान खाजेको आरोपमा एक पक्राउ परेका छन् । पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेट हुँदै बालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले एक व्यक्ति पक्राउ गरेको हो ।

पर्सा प्रहरीकाअनुसार पक्राउ पर्नेमा अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका वडा नं. ७ का राजु अधिकारी रहेका छन् । हाल चितवनस्थित भरतपुर उपमहानगरपालिका वडा नं. १ पोखरा बसपार्क बस्दै आएका उनले १४ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाउँदै भारततर्फ लैजादै गरेका थिए ।

प्रहरीकाअनुसार उनलाई माइती नेपालको सहयोगमा पक्राउ गरिएको हो । बालिका गएको बिहीबारदेखि हराएकी थिइन् । प्रहरीले उनको खोजी गरिरहेको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार अधिकारीले पीडित बालिकासँग लगभग १ महिना अघिदेखि फोनमार्फत चिनजान गरेका थिए । ‘भेट्न बोलाई अर्घाखाँची लगेर विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई बीरगञ्ज बसपार्कसम्म ल्याएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले भने, ‘अब ५ मिनेटमा घर पुगिन्छ भनी ईनर्वा नाका हुँदै भारत लगि बेचबिखन गर्ने उद्देश्य देखिन्छ ।’

उनलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]