२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

तानसेन – स्कुटी र ट्याक्टर एक आपसमा ठोक्किँदा स्कुटरमा रहेकी महिलाको मृत्यु भएको छ। बुधबार दिउँसो तानसेन नगरपालिका–७ बर्तुङ्गमा तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ३ त ४३१५ नम्बरको ट्याक्टर र लु ४४ प १६१९ नम्वरको स्कुटर ठोक्किँदा पछाडि बसेकी महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा माथागढी गाउँपालिका-३ सराइकी ५५ वर्षीय कान्तिश्वरा गाहाँ रहेको प्रहरीले जनाएको छ। दुर्घटनामापरि घाइते भएकी गाहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको हो।

स्कुटर चालक मृतक गाहाँका श्रीमान यमबहादुर गाहाँ भने सकुशल रहेका छन्। स्कुटर ट्याक्टरको पछाडिको ट्रलिमा ठोक्किन जाँदा पछाडिको टायरले महिला किचिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]