काठमाडौं – मेगा बैंकले ९६ हजार ६२४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले लक्ष्मण कुमार रानाको नाममा रहेको ३५ हजार ८५८ कित्ता, राम बाबु महतको नाममा रहेको ३५ हजार ८५८ कित्ता, शान्ता कुमारी कंडेल तथा अमृत भुषालको नाममा रहेको समान १०-१० हजार कित्ता र शंकर कुमार श्रेष्ठको नाममा रहेको ४ हजार ९०८ कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री गर्ने मूल्य भने खुलाइएको छैन ।
यसमा मेगाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।