१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ११, २०७८

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको छ ।

कोरोना संक्रमणका कारण उनी चार दिनदेखि भक्तपुरको बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य सामान्य रहेको बताएका हुन्।

‘हाम्रो पार्टी नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले कोभिड संक्रमणका कारण विगत चार दिनदेखि भक्तपुर बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष ओलीको स्वास्थ्यप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैलाई पार्टीले धन्यवाद दिएको छ। एमाले अध्यक्ष ओली र पत्नी राधिका शाक्यलाई शनिबार गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]