सप्तरी – सुनसरीमा बसको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ वर्षीय बमबहादुर लिम्बु रहेका छन् ।
आइतबार साँझ १ ख ६१६२ नम्बरको बसले इटहरीबाट विराटनगर जाँदै गरेकाे को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बुकाे उपचारकाे क्रममा एपेक्स अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
बस र चालक दुवैलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।